ज्योति विकासको साधारण सभा सुरु, १० प्रतिशत बोनस सेयर पारित हुँदै

Advertisement

काठमाडौं: ज्योति विकास बैंकको साधारण सभा आइतबार राजधानीमा सुरु भएको छ । राजधानीको राष्ट्रिय सभा गृहमा सुरु भएको सभाको मुख्य प्रस्ताव १० प्रतिशत बोनस सेयर पारित गर्ने रहेको छ ।

सभाले सेयरधनीलाई १० प्रतिशत अर्थात २२ करोड ६३ हजार ४२० रुपियाँको बोनस सेयर दिन लागेको हो ।

त्यस्तै, केहि महिना अघि ज्योतिले राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरेपछि उसका सेयरधनीलाई ६ प्रतिशत मात्र बोनस सेयर पाउने छन् ।

सो प्रस्ताव आजको सभाले पारित गर्नेछ ।

सभामा बैंकले जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि जाने छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ज्योति विकास बैंकले ४ करोड ५२ लाख ५९ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement