मञ्जुश्रीको ६ प्रतिशत बोनस र ५ प्रतिशत हकप्रद सेयर प्रस्ताव

Advertisement

काठमाडौंः मञ्जुश्री फाईनान्सले चार करोड ३४ लाख ६२ हजार ७०० अर्थात छ प्रतिशत कित्ता बोनस सेयर दिने भएको छ । फाइनान्सको शुक्रवार बसेको १४८ औं सञ्चालक समितिको बैंठकले छ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाबाट पारित तथा नेपाल राट्र बैंकबाट स्वीकृत भएपछि लागु हुनेछ । साथै, कम्पनीले बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक पर्ने सुन्य दशमलव ३२ प्रतिशत नगद लाभांस समेत दिने निर्णय गरेको छ ।



साथै कम्पनीले हाल कायम चुक्ता पूँजीको तीन करोड ६२ लाख १९ हजार ( पाँच प्रतिशत) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । यस निर्णयलाई संस्थाको बिषेश साधारण सभाले र नेपाल धितोपत्र बोर्डको स्वीकृति आवश्यक पर्ने छ ।

हाल कम्पनीको चुक्ता पूँजी ७२ करोड ४३ लाख ७८ हजार ५०० रुपियाँ रहेकोमा बोनस सेयर र हकप्रद सेयरपछि कम्पनीको चुक्ता पूँजी ८० करोड ४० लाख ६० हजार २०० रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement