सुनको भाउ पुस महिनामा २,७०० रुपियाँले बढेर ५७ हजार पुग्यो

Advertisement

काठमाडौंः पुस महिनाको अन्तिम दिन आज ( आइतवार) सुनको भाउ प्रति तोला ५७ हजार रुपियाँ तथा चाँदीको भाउ प्रति तोला ७६० रुपियाँ कायम भएको छ । प्रति तोला ५४ हजार तीन सय रुपियाँबाट लगातार दुई हजार ७०० सय रुपियाँले बढेर सुनको भाउ ५७ हजार रुपियाँ पुगेको हो ।

चाँदीको भाउमा महिनामा सात सय १५ रुपियाँबाट ४५ रुपियाँ वृद्दि हुँदै सात सय ६० रुपियाँमा कायम भएको छ । पुस २ गते ५४ हजार ३०० रुपियाँबाट कारोबार सुरु भएको सुनको मूल्य महिनामा उत्तारचडाव आइरह्यो भने चाँदी पुस २ गते सात सय १५ रुपियाँबाट कारोबार सुरु भएको थियो ।



सुनको भाउ लगातार बढ्दै महिनाको मध्य समय पुस १६ मा सुरुवाती मूल्यबाट एक हजार ६०० रुपियाँ वृद्दि भएर ५५ हजार ९०० रुपियाँमा कारोबार भएको थियो । साथै चाँदीको मूल्य सोही अवधिको सोही समयमा ३५ रुपियाँले बढेर सात सय ५० रुपियाँमा किनबेच भएको थियो ।

अहिलेसम्म सुनको भाउको उच्च वृद्दिदर ६२ हजार रुपियाँसम्मको रहेको छ भने चाँदी आठ सय रुपियाँसम्ममा कारोबार भएको छ ।

साथै गएको पुस २३ गतेदेखि ३० गतेसम्ममा सुनको भाउ प्रति तोला आठ सय रुपियाँले बढेको छ । पुस २३ गते सुनको भाउ ५६ हजार २०० रुपियाँ थियो भने महिनाको अन्तिममा आइपुग्दा ५७ हजार प्रति तोलामा कारोबार भइरहेको छ ।



यसै सातामा चाँदीको भाउमा प्रति तोला १० रुपियाँले बढेर सात सय ६० रुपियाँमा किनबेच भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement