'राष्ट्रपति ट्रम्प एकदमै स्वस्थ छन्,'  मानसिक स्वास्थ्य परीक्षण भने भएन

Advertisement

एजेन्सी: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प 'एकदमै स्वस्थ' रहेको ह्वाइट हाउसस्थित उनका चिकित्सकले रिपोर्ट सार्वजनिक गरेका छन्।

७१ वर्षीय राष्ट्रपति आफुराष्ट्रपती भएपछी पहिलो पटक आफ्नो स्वास्थ्य परीक्षण गराएका हुन् ।

शुक्रवार तीन घण्टा लगाएर सेनाका डाक्टरहरूले गरेको ट्रम्पको स्वास्थ्य परीक्षण "निकै राम्रो ढङ्गले" सम्पन्न भएको ह्वाइट हाउसका चिकित्सक रोनी ज्याक्सनले बताएका छन्।

स्वास्थ्य परीक्षणबारे मंगलवार थप जानकारी गराइने उनले बताए।

त्यस्तै, अर्को चरणको परीक्षण ट्रम्पको शारीरिक स्वास्थ्यमै केन्द्रित हुने ह्वाइट हाउसले स्पष्ट पारेको छ।

ट्रम्पको मानसिक स्वास्थ्य परीक्षणको चाहिँ कुनै योजना नरहेको बताइएको छ।

तर माइकल वूल्फको एउटा विवादास्पद पुस्तकपछि ट्रम्पको मानसिक स्वास्थ्यसम्बन्धी अड्कलबाजीले बढावा पाएको छ।

वूल्फको 'फायर एण्ड फ्युरीः इन्साइड द ट्रम्प ह्वाइट हाउस'मा दावी गरिएको छ- ह्वाइट हाउसभित्रका ट्रम्पका सबै सहयोगीले उनलाई 'बच्चाको रूपमा' हेर्ने गरेका छन् जसलाई 'तत्काल रिझाउनुपर्ने' हुन्छ।

Advertisement

Advertisement

Advertisement