भर्खरै देउवा सरकार छोडेका शाही भन्छन– प्रदेश छ को मुख्यमन्त्रीका लागि म योग्य

Advertisement

भक्तपुरः शेरबहादुर देउवा नेतृत्वको सरकारबाट भर्खरै बाहिरिएका माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले वामगठबन्धन तोड्न देशी बिदेशी शक्तिको चलखेल बढेको बताएका छन् ।

रफत सञ्चार क्लबमा आइतबार शाहीले बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोग गर्न देशी विदेशी शक्ति लागेको भन्दै वामगठबन्धको एकता तोड्ने चलखेलले पूर्णता नपाउने दावी गरे ।

एनले पाँच बर्षसम्म वामगठबन्धनबाट एक जना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने बताउँदै अब बन्ने बामगठबन्धनको सरकारमा केपी ओली प्रधानमन्त्री भए पुष्पकमल दाहाल प्रचण्ड पार्टी अध्यक्ष हुने जिकिर गरे ।

शाहीले वर्तमान देउवा सरकाले जाँदा जाँदै गरेका राम्रा कामको निरन्तरता दिने तर गलत निर्णय मान्य नहुने बताए । उनले भने, ‘अब कहिल्यै सरकारमा आउन पाइन्न जस्तो गरेर जसरी निर्णय गरेको छ, यो कामचलाउ सरकारकोसरासर संबिधान बिपरितको कार्य हो ।’

निर्वाचन आयोगले समेत नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय भएको भन्दै शाहीले निर्वाचन आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संबिधानको समेत उलङघन गर्ने काम गरेको टिप्पणी गरे ।

उनले प्रदेश नं ६ को समग्र विकासका लागी आम राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने भन्दै प्रदेश राजधानीका बिषयमा ६ नम्बर प्रदेशमा कुनै बिबाद नरहेको र उक्त प्रदेशका लागि आफू मुख्य मन्त्रीका लागि योग्य रहेको जिकिर गरे । आफूहरुले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने शाहीले बताए ।

Advertisement

Advertisement

Advertisement