जीप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित छ जनाको मृत्यु

Advertisement

सं‌खुवासभाः जिल्लाको मकालु गाउँपालिका ३ समाटारमा आइतबार जीप दुर्घटना हुँदा उक्त गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालसहित छ जनाको मृत्यु भएको छ ।

खाँदबारीबाट भोटखोला गाविसस्थित गोलामा भूकम्पसम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रमका लागि जाँदै गरेको बा ५ च १३०९ नम्बरको उक्त पिकअप सडकबाट करिब सात सय मिटर तल अरुण नदीको बगरमा खसेर दुर्घटनाग्रस्त भएको हो ।

धेरै माथिबाट पिकअप खसेकाले दुर्घटनास्थलमा मृत्यु हुनेहरुको शबहरु विभत्स अवस्थामा भेटिएका थिए । मृत्यु हुनेमा गाउँपालिकाका अध्यक्ष कटुवालसहित स्थानीय एमाले नेता सुरेश राई, जिल्ला समन्वय समिति संखुवासभाका अधिकृत सुवास कुईंकेल, पुनःनिर्माण कार्यालयका इन्जिनियर अर्जुन बस्नेत, सुदिप ढकाल र गाडी चालक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काका अनुसार जीपमा १२ जनाभन्दा धेरै यात्रु रहेको र घाइतेहरुको उपचारका लागि खाँदबारी पठाइएको छ । जीप दुर्घटनाको कारण खुलेको छैन ।

Advertisement

Advertisement

Advertisement