इन्टरनेसनल सिमेन्टको ब्रान्ड एम्बेसडरमा हमाल

Advertisement

काठमाडौंः इन्टरनेसनल सिमेन्ट प्रालिले अभिनेता राजेश हमाललाई आफ्ना उत्पादनहरुको ब्रान्ड एम्बेसडर बनाएको छ । कम्पनी र हमालबीच शनिबार सो सम्बन्धी अनुबन्धपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा कम्पनी सञ्चालक बिमल अग्रवाल र हमालले हस्ताक्षर गरेका छन् । वीरगन्जस्थित इन्टरनेसनल सिमेन्टले ओम, ज्योति र रुद्राक्ष, ब्रान्डका सिमेन्ट उत्पादन गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement