नेपाल टेलिकमको खुद नाफा १५ अर्ब ३७ करोड, सेयरधनीलाई ५५ प्रतिशत लाभांश दिने

Advertisement

काठमाडौंः नेपाल दूरसञ्चार कम्पनीको आइतबार सम्पन्न दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७३।७४ को मुनाफाबाट सेयरधनीलाई प्रतिसेयर ५५ रुपियाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीका ९१ प्रतिशतभन्दा बढि सेयरधनी रहेको जनाइएको सभाले कम्पनीको नियमावली संशोधनको प्रस्ताव पास गर्नुका साथै कम्पनीको लेखापरीक्षकको प्रतिवेदन सहितको २०७४ असारसम्मको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७३÷७४ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई पनि पारित गरेको छ ।

सभाले सर्वसाधारण शेयरधनी मध्येबाट निर्वाचित हुने सञ्चालकको कार्यकाल तीन वर्ष वा नियुक्ति भएको मितिदेखि तीन वटा साधारणसभा बस्ने मितिमध्ये जुन पहिलो हुन्छ, सो मितिसम्म मात्र हुने व्यवस्था गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कम्पनीको दशौं वार्षिक प्रतिवेदन पेश गरेका थिए । उनले कम्पनीले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पु¥याउँदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा आर्जन गर्न सफल भएको बताए ।

अधिकारीले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आप्mनो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गण्ुाात्मक सुधार गर्न प्रतिबद्ध रहेको बताए ।

उनले आर्थिक वर्ष २०७३÷७४ मा खुद मुनाफा १५ अर्ब ३७ करोड कायम राख्न कम्पनी सफल भएको र गत आवको तुलनामा १७ दशमलव २३ प्रतिशतले ग्राहक संख्यामा वृद्धि भई एक करोड ७६ लाखभन्दा बढीलाई नवीन प्रविधिमा आधारित सस्तो तथा भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी सफल भएको दावी गरे ।

अधिकारीले सेवा विस्तारको कार्यलाई नाफामूलक क्षेत्रहरूमा मात्र सीमित नराखी तुलनात्मकरुपमा लगानी बढी हुने मुलुकको अति विकट तथा ग्रामीण क्षेत्रहरूमा समेत सूचना तथा सञ्चार प्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने कार्यमा कम्पनी लागेको बताए ।

Advertisement

Advertisement

Advertisement