मनोज ज्ञवाली ज्योति विकास बैंकको सिइओमा नियुक्त

Advertisement

काठमाडौंः ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । सोही बैंकमा डेपुटी सीईओ रहेका ज्ञवालीलाई आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओ नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकको सहायक निर्देशक हुँदै बैंकिङ क्यारियर सुरु गरेका उनसँग ग्लोबल आईएमई बैंक, ग्लोबल आईएमई क्यापिटल लिमिटेडमा काम गरेको अनुभव छ । ज्ञवालीले हालै भएको नेपाल स्टक एक्सचेन्जको सिइओको खुल्ला प्रतिस्पर्धामा भाग लिएर अन्तिम तीनमा छनौटसमेत भएका थिए ।

नेपाल जलविद्युत लगानी तथा विकास कम्पनीमा सञ्चालक समेत रहेका चाटर्ड एकाउन्टेन्ट ज्ञवाली स्पष्ट वक्ता र कुशल व्यवस्थापको रुपमा चिनिन्छन ।

Advertisement

Advertisement

Advertisement