ताम्राकार हाउसमा केटिएम मोबाइलको शोरुम, अस्वस्थ प्रतिस्पर्धा हटाउन एमपीओस लागू गरिने

Advertisement

काठमाडौंः राजधानीको मुटु पाको, न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा केटिएम मोबाइल सोमबारदेखि सञ्चालनमा आएको छ । यस शोरुमको उद्घाटन मोबाइल फोन इम्पोटर एशोसिएसन अध्यक्ष तथा आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले गरे ।

मल्होत्राले नेपाली मोबाइल बजारमा अस्वस्थ्य प्रतिस्पर्धा हुँदै गएको भन्दै आगामी दिनमा मोबाइल अपरेटिङ प्राइस (एमपीओएस) लागू गर्ने तयारीमा रहेको जानकारी दिए । नेपालको पूरानो र नामचलेको मोबाइल शोरुम मध्येको एक केटिएम मोबाइलले ग्राहकहरुको माग र चाहनाअनुसार विभिन्न ब्राण्डका मोबाइल फोनहरु बिक्री तथा बिक्री पछिको सेवा प्रदान गर्दै आएको छ ।

विगत छ वर्षदेखि केटिएम ब्राण्डमा सञ्चालित यस मोबाइल शोरुममा नेपालका अधिकार मोवाइल ब्राण्डका विभिन्न मोडलहरु उपलब्ध रहेको जनाइएको छ । शोरुममा ग्राहकहरुलाई आरामदायिरुपमा आफूले चाहेको मोबाइल खरिद गर्नका लागि सहयोग गर्न मोबाइल क्षेत्रमा अनुभवी र दक्ष कर्मचारीहरु राखिएको जनाउँदै केटीएम मोवाइलले ग्राहकहरुले खोजेको मोबाइलको विशेषताहरु र प्रयोगको बारेमा जानकारी प्रदान गरिने जनाएको छ ।

शोरुपममा मोबाइलसँग सम्बन्धित हरेक प्रकारका एसेसरिज उपलब्ध रहेको, विभिन्न ब्राण्डका हजार, एक लाख ४० हजार सम्मका मोबाइल फोनहरु उपलब्ध रहेका छन् । शोरुम सञ्चालनको अवसरमा हरेक मोबाइल खरिदमा न्यूनतम पाँचदेखि ४५ प्रतिशतसम्मको छुटको समेत व्यवस्था गरिएको छ । त्यस्तै, सर्भिसमा १० प्रतिशत छुट दिइने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement