नेपाल कतार व्यवसायी संघ गठन, अध्यक्षमा महेन्द्र चौलागाईं

Advertisement

दोहा, कतारः यहाँको अलिसान रेष्टुरेण्टमा सम्पन्न नेपाली व्यवसायीहरुको भेलाले नेपाल कतार व्यवसायी संघ कतारको स्थापना गरेको छ । संघको अध्यक्षमा महेन्द्र चौलागार्इ चयन भएका छन् ।

डा देवकाजी डंगोल संरक्षक रहनेगरी संघको उपाध्यक्षहरुमा आरके शर्मा, नरेन्द्र भाट, राज रेग्मी, समिर मास्के र गोविन्द केसी महासचिवमा सागर नेपाल, सचिवमा उमेश अधिकारी, सह–सचिवमा रमेश भट्ट र कोषाध्यक्षमा चुडामणि कार्की चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा नविन सत्याल, डा नितेस अर्याल, श्याम भुसाल, अबदुल वासिद, रवि गुरुङ, राम श्रेष्ठ, विकाश प्रसार्इ, पूर्ण पोखरिया, सुनिल घिमिरे र मधुकर रिजाल चुनिएका छन् ।

नवगठित समितिले १४ जनवरीमा नेपाली राजदूतावासमा राजदूत रमेश कोइरालासँग भेटी संघको बारेमा जानकारी गराएका थिए । भेटमा राजदूत कोइरालाले संगठित व्यवसायीहरुलाई बधाई तथा कार्यकालको सफलताको कामना गरेका थिए ।

कतारमा सन् २००० देखि विभिन्न व्यापार व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरु समस्या पर्दा आपसी सहयोग र
सहकार्य गर्न, नेपाल र कतारको व्यापारिक सम्वन्धलाई सुदृढ गर्न र नेपालमा कतारी व्यवसायीहरुलाई लगानी गर्नको लागि पहल गर्न यस एशोसियन सहयोगी हुने आशा गरिएको छ ।

कतारमा करिव एक हजार नेपाली व्यवसायी रहेको अनुमान छ । चार लाखभन्दा बढि नेपालीहरु कार्यरत कतारमा भारतीय व्यवसायीहरुको बाहुल्यता रहेको छ ।

Advertisement

Advertisement

Advertisement