सिन्धु विकास बैंकको पाँच लाख ३८ हजार कित्ता हकप्रद सेयर लिलामीमा

Advertisement

काठमाडौंः सिन्धु विकास बैंकले आज (मंगलवार) देखि अवितरित हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले पाँच लाख ३८ हजार तीन सय २ दशमलव ४० कित्ता संस्थापक तर्फको हकप्रद सेयर लिलामी खुला गरेको हो ।

उक्त परिमाणको सेयरमा साविकका संस्थापक सदस्यहरुबाट आवेदन नआएको कारण खुला रुपमा बिक्रीका लागि आह्वान गरिएको बैंकले जनाएको छ । न्युनतम मूल्य एक सय रुपियाँ तोकिएको हकप्रदको लागि आवेदन भर्ने अन्तिम मीति माघ १० तोकिएको छ ।

हकप्रदको बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल, लाजिम्पाट र यसका लगनखेल र पोखरा शाखाबाट साथै नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, बुटवल, नारायणगढ, विराटनगर र धनगढी शाखाबाट समेट आवेदन भर्न सकिने छ ।

Advertisement

Advertisement

Advertisement