स्पेनलाईपछि पार्दै ब्रजिलीयन राष्ट्रिय फुटबल टोली बन्यो विश्वकै महँगो टिम

Advertisement

एजेन्सीः ब्राजिलीयन राष्ट्रिय फुटबल टोली पाँच सय ३० मिलियन युरोका साथ विश्वको सबैभन्दा महँगो फुटबल टीम बनेको छ । यसअघिको पाँच सय २० मिलियन युरो मूल्यका साथ महँगो टोली स्पेनलाईपछि पार्दै ब्राजिल विश्वकै महँगो टीम बनेको हो ।

केही समयअघि इंग्लिस क्बल लिभरपुलका ब्राजिलीयन स्टार फिलिप काउटिन्हो १४२ मिलियन पाउण्डमा बार्सिलोना गएपछि ब्राजिल महँगो सुचीको पहिलो स्थानमा आएको हो । काउटिन्हो विश्वको दोस्रो किर्तिमानी रकमको मूल्यमा बार्सिलोनामा अनुबन्धित भएका थिए ।

साथै, बार्सिलोनाले गत सिजनमा २०० मिलियन पाउण्डको विश्व किर्तिमानी रकममा ब्राजिलीयन राष्ट्रिय टोलीका कप्तान नेइमार पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई बेचेको थियो । काउटिन्हो मँहगो रकममा नोउ क्याम्पमा अनुबन्धित भएपछि ब्राजिलको सुरुवाती एघार (स्टार्टिङ इलेभेन) राष्ट्रिय फुटबल टोलीको मूल्य ५३० युरो पुगेको हो ।

यसअघि स्पेन ५२० मिलियन युरो मूल्यका साथ पहिलो रोजाइको राष्ट्रिय फुटबल टोली शीर्ष स्थानमा रहेको थियो । ५१० मिलियन युरा मूल्यका साथ बेल्जियम तेस्रो स्थानमा रहेको छ ।

साथै, समग्रमा ब्राजिलको राष्ट्रिय फुटबल टोलीको मूल्य ७९० मिलियन पाउण्ड छ ।

Advertisement

Advertisement

Advertisement