विवाह जटिल बन्दै किन गयो ? समीक्षा गर्दै सुधार्ने कि अझ दलदलमा फस्ने ?

Advertisement

मकर सक्रान्तिसँगै विवाहका मुहुर्तका श्रृखला आरम्भ हुन्छन् । माघ महिना शुरु भएसँगै फागुन, वैशाख, जेठ, असार महिनामा सामान्यतया विवाहका मुहुर्त रहेका हुन्छन् । मुहुर्त नहुने भए पनि पछिल्लो समय यता बडा दशैंको नवरात्रमा विवाह गर्ने प्रचलन पनि छ । कुनै पनि व्यक्तिको जीवनमा विवाह अति नै महत्वपूर्ण कर्म हुने भएकाले यसबारे चर्चा गर्ने उद्देश्यले यो लेख लेखेको छु । हाम्रो शास्त्रहरुमा र हाम्रो संस्कृतिले विवाहलाई अति नै पवित्र कार्य भनि व्याख्या गरेको छ । विवाहलाई उत्सवका रुपमा परिवारले मात्र होइन समाजले मनाउने गर्छ । विवाह जीवनको मुख्य आधार भएकाले नै होला विवाह गर्दा धेरै नै ध्यान दिनुपर्छ भनिएको छ । त्यसैले एउटा लोकोक्ति प्रचलित छ “मुलको पानी खानु कुलको केटा÷केटी विवाह गर्नु” । साथै, “ज्यूँदोको जन्ति र मर्दाको मलामी” भनि निकताको सन्देश दिने गरिन्छ । जतिसुकै विवाद भएको भए पनि वा बोलिचालि नै बन्द भएको भए पनि नजिकको नातेदार वा छिमेकीको परिवारमा हुने विवाहमा जाने गरिन्छ । यसरी विवाहलाई ठूलो उत्सवका रुपमा लिने प्रचलन बसालिएको छ । साथै कोही पनि व्यक्तिको जीवन बचाउन वा विवाहका लागि केही झुट बोल्न पनि हुन्छ भनि भनिएको छ ।

Advertisement

यति महत्वपूर्ण घटनाक्रम हुने भए पनि आजभोलि समाजमा विवाह किन अति नै जटिल विषय बनेको छ त ? समाजमा विवाह धेरै कारणले गर्दा जटिल बन्दै गएकाले आजभोलि विवाह योग्य उमेर भइसकेका वा कतिपय उमेर कटिसकेका युवा युवती कठिन अवस्थाबाट गुज्रने गरेको पाइएको छ । यस्तो अवस्थाले स्वयं व्यक्तिमा अनेकौ समस्या उत्पन्न गर्नुका साथै उनीहरुको परिवारका सदस्यहरुमा समेत कठिनाई उत्पन्न हुने गरेको छ । साथै, त्यसले समग्र परिवारको सामाजिक जीवनमा पनि नकारात्मक प्रभाव उत्पन्न गरिदिएको छ । हुन त कोही कुनै व्यक्तिको विवाह हुनु वा नहुनु सो व्यक्तिको नितान्त व्यक्तिगत विषय भएता पनि सो विषय सामाजिक र पारिवारिक विषय पनि हो । जसले गर्दा स्वयम व्यक्ति वा उसको परिवारले वहन गर्नुपर्ने सामाजिक उत्तरदायित्वको जवाफ समाजले खोज्ने हुँदा त्यहाँनेर असहज स्थिति उत्पन्न हुन पुग्दछ ।
शहरीकरण र जीवनशैली शहरीकरणले स्वभाविक रुपमा मानिसको जीवनशैलीमा परिवर्तन ल्याई दिन्छ । नेपालमा पनि पछिल्लो समय तीब्ररुपमा बढिरहेको शहरीकरणले ठूलो जनसंख्याको जीवनमा उथलपुथल ल्याईदिएको छ । जन्म गाउँमा भएको भए पनि वा ग्रामीण पृष्ठभूमी हुँदाहुँदै पनि शहर झरेपछि महत्वाकांक्षाका चाङ मान्छेको जीवनमा ह्वात्तै बढ्ने गरेको देखिएको छ । साथै, आफनो स्ट्याटस बढेको आभाष धेरै शहरियाले गर्न पुग्दछन् ।
त्यसका साथै, सुखमय जीवन खोज्ने क्रममा, करियरको खोजीमा युवा वर्गको उर्जाशील समय बित्न पुग्दछ । त्यसैमाथि विवाह गरेमा प्रगति रोकिने भ्रमको भार युवा वर्गमा बढेको देखिन्छ । अविकसित देश भएका कारण नेपालमा पढेलेखेका वा हातमा सीप भएकै व्यक्तिहरु पनि छोटो समयमा करियरमा सेट हुने स्थिति छैन । यस्तो अवस्थामा केवल करियर र निश्चित आर्थिक हैसियत भएपछि मात्र जीवन हुन्छ भन्ने भ्रमबाट युवा वर्ग गाँजिन पुगेको छ । तर, यथार्थमा त्यसो नभई सन्तुलित वैवाहिक जीवनले आर्थिक उन्नतिका यात्रा सहज बनाउँछ । साथै, जोखिम वहन गर्नसक्ने यथार्थ आँकलन गर्नसमेत वैवाहिक जीवनपछि सहज हुन्छ । विवाहपछि अध्ययन, करियर आदिलाई उत्साहपूर्ण तरिकाले अघि बढाइरहेका धेरै जोडि समाजमा देख्न सकिन्छ । नसक्नेले विवाहपछि पनि सक्दैन र विवाह अघि पनि सक्दैन । त्यसलाई के अनौठो अवस्था मान्नु पर्ने हो र ?हो, बालविवाहले मानिसको जीवनमा क्षति पुर्याउँछ । तर, उमेर पुगि सकेपछि विवाह गर्दा प्रगतिमा कसरी समस्या आउँछ ? यो भ्रम शहरीया युवायुवतीको दिमागबाट हट्न नसक्दा समस्याका चाँङ तीनको जीवनमा थुप्रिएको छ ।आर्थिक भार थेग्न कठिन समाजमा विवाह निकै खर्चिलो पनि बन्दै गएको छ । जसले गर्दा विवाह योग्य युवा युवतीको अभिभावकमा आर्थिक दबाब उत्पन्न हुन पुगेको छ । नेपाली समाजमा चलिआएको सहयोगात्मक विवाह पद्दति आजभोलि पार्टी प्यालेसमा पुगेपछि लाखौं रुपैयाँ जोहो नगरी विवाह नहुने अवस्था आएको छ । पहिलाको सहयोगात्मक विवाहमा विवाहमा सहभागी हुने नातेदार सदस्यहरु आफै–आफै पकाउने कुरामा देखि अन्य सबै विषयमा सहभागी हुनेगर्थे, जसले गर्दा पहिला विवाहमा कम खर्चले पनि जोहो टथ्र्याे । तर, आजभोलि धेरै संख्याका पाहुनालाई बोलाउनुपर्ने र तीनलाई पार्टी प्यालेसमा रक्सीसहितको भव्य भोज खुबाउने खर्चले औसत आम्दानी हुने अभिभावकलाई आफनो छोराछोरीको विवाह सम्पन्न गर्नु ठूलो चुनौति सामना गर्नु बनेको छ । यसले पनि विवाहलाई पछि धकेल्ने गरेको छ ।त्यत्ति मात्र होइन तराईमा महारोगका रुपमा रहेको दाइजो प्रथाले शहरीयालाई पनि गाँज्न पुगेको छ । इज्जतका लागि पनि भन्दै दुइचार ट्रक दाइजोका सामान लोड गर्दा अभिभावकको ढाड सेकिएको कहीं कतै देखिंदैन । सक्नेले त इज्जयतका लागि भन्दै गर्लान तर त्यसको अति नकारात्मक असर समाजमा छताछुल्ल बन्न पुगेको छ । त्यसले मध्यम आयस्रोत भएका र मेहनतले कमाई गर्ने अभिभावकलाई कठिन बनाइदिने गरेको छ । यसले पनि विवाहलाई जटिल र पर धकेल्ने काम गरेको छ ।यस्तो जटिलता फुकाउन सरल तरिकाले विवाह गर्ने पद्दति संरक्षण गर्न आवश्यक छ । साथै सामुहिक विवाह गर्ने परिपाटीलाई ब्यापक बनाउन सके अनावश्यक खर्चले सिर्जना गर्ने आर्थिक बोझको समस्या कम गर्न सकिन्छ । यो दायित्व समाजको नै हो ।परदेशी जीवन नेपाली समाजमा विवाह जटिल बन्दै जानुको कारणमध्ये धेरै जसो युवा युवती विदेशमा जानु वा रहनु पनि हो । देशमा रोजगारीको अभाव भएपछि विदेशिन पुगेका युवा युवतीको वैवाहिक जीवन जटिलताबाट गुज्रन पुगेको छ । विवाहका लागि आफ्नो जोडि खोज्दा नै समस्या हुने गरेको छ । आजभोलि सामाजिक सञ्जालले सम्भावित आफनो जोडिका बारेमा जान्नका लागि केही सहज बनाई दिएको भए पनि यसले अरु खतराहरु पनि संगै निम्त्याएको छ ।विदेश रहेका केटा वा केटी विवाहका लागि नेपाल आउने र छोटो समयमा विवाह गरि छोटै समयमा फेरि विदेश लाग्दा स्वयं नवविवाहित दम्पत्तिका बीच नै सामिप्यता हुन नपाउने अवस्था सिर्जना भएको छ । त्यसले सिर्जना गर्ने जटिलताले विवाह गर्न चाहने अन्य युवा युवतीमा समेत त्यस्तै खाले दुर्दशा त हुने होइन भन्ने मनोत्रास उत्पन्न गर्ने गरेको देखिन्छ । साथै, विदेशमा बस्ने र नेपालमा नै बस्नेको बीच विकास भएको बानी ब्यहोराको अन्तरले पनि वैवाहिक जीवनलाई सुमधुर बनाउन दिएको छैन ।साथै, विदेशमा रहनेका परिवारमा विकास भएको खर्चालु बानीले पारिवारिक जीवनको शैलीलाई बदलिदिएको छ । यसले विचारको अन्तर उत्पन्न गर्ने गरेको र त्यो बढ्दै जाने खतरा देखिने गरेको छ ।लचकताको अभाव जीवन सोह्रै आना वा सय प्रतिशत नै चाहेको पाउने यात्रा होइन । यो अनवरत सुख दुःखको यात्रा हो । तर, यो यथार्थता नवयुवा युवतीले बुझ्ने गरेको देखिंदैन । मैले चाहेको जस्तै केटी पाए विवाह गर्छु वा मैले चाहेको जस्तै केटो पाएमा विवाह गर्छु भनेर अड्डी लिंदा धेरैको जवानी घर्केको देखिन्छ ।व्यक्ति स्वयममा पनि सवल र दुर्वल पक्ष हुन्छन् । यो दुनियाँमा कोही पनि सतप्रतिशत ठिक हुनै सक्दैन । आफूलाई धेरै राम्रो मान्ने र अरुलाई कमजोर ठान्ने प्रवृत्ति वैवाहित प्रसङ्ग अघि बढाउन बाधक सोच हो । त्यत्ति मात्र होइन कतिपय परिवारले आफनो गरिमा धान्ने नाममा आफना परिवारका विवाह योग्य सन्ततिको जीवन ध्वस्त पार्ने गर्छन । पारिवारिक इगोलाई अतिवादी ढंगले अघि सार्दा त्यसको असर पारिवारिक सदस्यमा पर्ने हुन्छ । व्यक्तिको सम्भावना हेर्ने हो न कि उसको अतित मात्र । यदि सम्भावना बोक्ने व्यक्ति छ र उसलाई अलिकति भए पनि साथ दिँदा प्रगतिको दिशा समात्न सक्छ भने किन त्यस्तोमा अघि नबढ्ने भन्ने ? सोच नेपाली समाजमा घट्दो पनि छ । अहिले नै सबै कुराले परिपूर्ण भएको व्यक्ति र परिवारमा म छोराको विवाह गर्छु वा छोरी दिन्छु भन्दा विवाह सतत् ढंगले अघि बढ्न सक्दैन ।पढेलेखेको भ्रम तपाईंले गहिरो गरि हेर्नुभयो भने केही वर्ष अघिसम्म देशका उच्च पदमा पुगेका अधिकांश पुरुषहरुको श्रीमती अनपढ हुने गर्थे । तर, उनीहरुको वैवाहिक पारिवारिक जीवन सुमधुर साथ चलिरहेकै थियो । तर, आजभोलि आफनो पढाईलाई अघि सारेर आफनो साझेदार पाटर्नर पनि उत्तिकै पढे लेखेको भए मात्र हुन्छ भन्ने मानसिकता हावी भएको छ । हो, मिलेसम्म उत्तिकै उत्तिकै डिग्री लिएको श्रीमान श्रीमती हुँदा अति उत्तम । तर, कहिलेकाँही नमिलेमा पनि त जीवन चल्न सक्छ नि त ।जीवन कुनै पनि विश्वविद्यालयको डिग्री लिएपछि मात्र सुन्दर हुने होइन । त्यसो हुँदो हो त विश्वका उत्कृष्ट विश्वविद्यालयबाट डिग्री लिएकाहरुको डिभोर्स हुने नै थिएन । तर, आजभोलि हेर्ने हो भने राम्रो पढे लेखेकाहरुको वैवाहिक जीवनमा बढि डिभोर्स हुने गरेको छ । त्यसको कारण हो लचकताको अभाव । श्रीमान श्रीमतीबीच दुवैमा स–साना विषयमा लचकता अपनाउने खुवी भएन भने त्यसको विष्फोटन हुन्छ र त्यो घातक हुन्छ । त्यसकारण वैवाहिक जीवनमा पाटर्नर खोज्दा पनि ठ्याक्कै यति पढे लेखेको भन्दा पनि पढे लेखेकोसँगै समझदार खोज्दा जीवन सही दिशामा अघि बढ्न सक्छ ।एउटामा भएको कमजोरी अर्काेले धान्ने हो न की दुवैमा उत्तिकै क्षमताको खोजी । यो व्यवहारिक विश्वविद्यालयबाट सिक्ने कुरा हो नकी विश्वविद्यालयको डिग्रीबाट ।जीवन “साझेदारी यात्रा” हो जीवनको परिभाषा के हो ? आजसम्म कसैले यसको सबैलाई चित्त बुझ्दो जवाफ दिएको छैन । आफैले दिएको परिभाषा मात्र आफैका लागि सुहाउँदो जीवनको परिभाषा हो । तर, पनि सामान्य कुरा के हो भने जीवन सहअस्थित्व र साझेदारी हो । एउटा मात्र मान्छेले जीवन जीउन सक्दैन । उसलाई साथ दिने पनि हुन्छन र साथ खोज्ने पनि हुन्छन् ।उसो भए वैवाहिक जीवन पनि एक साझेदारी यात्रा हो । कहीं आफूले साथ दिने कहीं आफूले साथ खोज्ने । साभेदारीमा प्राप्ति मात्र खोज्यो भने असन्तुलन भइहाल्छ । त्यसैले विवाहयोग्य वर बधुले आफूलाई पहिला जीवनको तराजुमा राखेर जोखौं । आफनो तौल कति हो ? आफनो अस्थित्व कति हो ? अनि मात्र अर्काे पाटर्नरको तौल नापांै, अस्थित्व नापौं । तब मात्र यथार्थ धरातलीय निर्णयमा पुग्न सकिन्छ ।एउटा ज्योतिषका नाताले समाजका विभिन्न विषयमा नजर पु¥याउनु र त्यसबारे विवेचना गरि समाजलाई अघि बढाउनु दायित्व हुन आउँछ । सोही श्रृखला अन्तर्गत विवाहका सिजन आएकाले यो लेख विवाहसम्बन्धी दोस्रो श्रृखलाका रुपमा तयार पारेको हुँ । विवाह बारे सोचिरहनु भएका सबैमा सफल वैवाहिक यात्राका लागि हार्दिक मंगलमय शुभकामना । भगवानले सदैव आशिर्वाद दिनुहोस् ।

(पन्त, नेपाल ज्योतिष परिषदका केन्द्रीय पार्षद एवं दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुन् सम्पर्क नं. ९८४१५२७५१०)

Advertisement

Advertisement