नेपालकै ठूलो अष्ट्रेलियन शैक्षिक मेला दावी गरिएको ‘अष्ट्रेलियन एडमिशन डे’ काठमाडौंमा सम्पन्न

Advertisement

काठमाडौंः एइसीसी ग्लोबलले मंगलबार अष्ट्रेलियन एडमिशन डे (भर्ना दिवस) आयोजना गर्यो । हरेक बर्ष दुई पटक अष्ट्रेलियन एजुकेशन फेयर (शैक्षिक मेला) आयोजना गर्दै आएको एइसीसीले आज आयोजना गरेको एडमिशन डेमा हजारभन्दा बढि विद्यार्थी सहभागी भएको जनाइएको छ ।

विद्यार्थीहरुलाई उनीहरुको शैक्षिक लक्ष्य प्राप्तिका लागि आफूहरुले लामो समयदेखि सघाउँदै आएको भन्दै एइसीसीले उनीहरुका शैक्षिक तथा व्यक्तिगत विशेषताका आधारमा विभिन्न देशका इमिग्रेसन पोलिसी (अध्यागमन नीति), पाठ्यक्रमका लागि उचित सल्लाह, अध्ययनका लागि उपयुक्त देश र विश्वविद्यालयका बारेमा परामर्श प्रदान गर्दै आएको जनाएको छ ।

कम्पनीको नियमित कार्यतालिकाका रुपमा बर्षमा दुई पटक अष्ट्रेलियन एजुकेशन फेयर एण्ड इभेण्ट आयोजन ागर्ने क्रममा गत बर्ष आयोजित कार्यक्रममा नौ सय भन्दा बढी विद्यार्थीले उत्साहजनक सहभागिता जनाएको भन्दै एइसीसीले यस पटक एडमिसन डे आज काठमाडौंको याक एण्ड यतिमा सम्पन्न भएको, जनवरी १८ मा भरतपुरको गार्डेन रिसोर्टमा आयोजना हुने र १९ मा पोखराको होटल पोखरा ग्राण्डेमा आयोजना हुने जनाइएको छ ।

आजको कार्यक्रममा विधार्थीका साथै अभिभावकको समेत सहभागिता रहेको, जसमा ३४ कोर्षका प्रदायकको सहभागिता रहेको, थियो र पोखरा तथा चितवनमा भने १४ कोर्ष प्रदायकको सहभागिता रहने जानकारी विज्ञप्ति मार्फत दिइएको छ । नेपालकै सर्वाधिक ठूलो अष्ट्रेलियन एजुकेशन फेयरका रुपमा दावी गरिएको मेलाको उद्घाटन नेपालका लागि अष्ट्रेलियका राजदूत पिटर बडले गरेको एइसीसीको विज्ञप्तिमा उल्लेख छ ।

सन् २००८मा मेलबर्नमा स्थापित एइसीसी ग्लोबल अहिले नौ देश र २६ शहरमा सञ्चालित र यसले न्यूजिल्याण्ड, क्यानडा, अमेरिका र बेलायतका लागि समेत शैक्षिक परामर्श प्रदान गर्ने जनाइएको छ । संस्थामा ४० भन्दा बढी क्यूइएसी प्रमाणित शैक्षिक सल्लाहकारहरु आबद्ध रहेका एइसीसीले दावी गरेको छ ।

Advertisement

Advertisement

Advertisement