चर्चित ३३ किलो सुन तस्करीमा संलग्न सालिमार ज्वेलर्सका सञ्चालक पक्राउ

Advertisement

काठमाडौंः चर्चित ३३ किलो सुन तस्करी प्रकरणमा फरार अर्का एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । यस घटनाका धेरै अभियुक्तहरु यसअघि पक्राउ परिसकेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले २०७३ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोग्राम सुनसहित पक्राउ परेका फरार अभियुक्त भारतीय नागरिक राहुल गोयललाई पुस २६ गते काठमाडौँबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २०७३ फागुन २२ गते जिल्ला अदालत समक्ष अभियोग पत्रसहित पेश गरेकामा गोयल फरार रहेका थिए । गैरीधारा बस्ने गोयल विशालबजारमा रहेको सालिमार ज्वेलर्स सुन पसलका सञ्चालक समेत हुन् ।

Advertisement

Advertisement

Advertisement