युवा महिला उद्यमीहरुको सम्मेलन हुँदै

Advertisement

काठमाडौंः युवा महिला उद्यमीहरुको सम्मेलन माघ ६ गते राजधानीमा हुने भएको छ । सन् २०१३ देखि शुरु भएको युवा महिला उद्यमीहरुको सम्मेलनको यो चौथौ संस्करण हो ।

लक्ष्मी बैंकले प्रायोजन गरिने सम्मेलन कनेक्ट, कोलाबोरेट, क्रियट भन्ने नाराका साथ हुनेछ । सम्मेलनमा १५० भन्दा बढीको सहभागिता हुने विश्वास लिइएको युवा महिला उद्यमीहरुको सम्मेलनकी अध्यक्ष जुना माथेमाले जानकारी दिइन् ।

उनले सम्मेलनमा प्रेरणादायी अभिव्यक्ति, उद्यमशील यात्राका कथा, प्यानल डिस्कसन लगायत विषय समेटिने भएकाले सम्मेलनमा उपस्थित जो केहीले आफ्नो व्यक्तिगत र पेशागत क्षमता अभिबृद्धिमा लाभ लिन सक्ने बताइन ।

नेपाल युवा उद्यमी मञ्च भित्रकै उद्यमी महिलाहरुको सम्मेलन केही गर्न चाहने महिलाका लागि अभिप्रेरणा लिने एउटा प्लेटफर्म समेत भएको माथेमाले जानकारी दिइन । सम्मेलनमा विद्यार्थी, उद्यमी महिला लगायत उद्यमशीलता बन्न चाहने जो कोही सहभागी हुन सक्नेछन् ।

नेपाल युवा उद्यमी मञ्च युवा उद्यमशीलताको प्रवद्र्धनका लागि सन् २००३ मा स्थापना गरिएको संस्था हो । मञ्चको काठमाडौ च्याप्टरमा मात्र २० जना उद्यमी महिला छन् ।

Advertisement

Advertisement

Advertisement