राधि विद्युतको आइपिओ बाँडफाँट

Advertisement

काठमाडौं: राधी विद्युत कम्पनीको आइपीओ बुधबार बाँडफाँट गरिएको छ । सो साधारण सेयर बांडफांड गोलाप्रथाबाट ७१ हजार १०२ जना आवेदकले १० कित्ता सेयर पाएका छन् । त्यस्तै, एक जना मात्रै आवेदकलाई भने ११ कित्ता सेयर पारिएको छ ।

उक्त सेयरमा कुल एक लाख ६६ हजार ३१७ जनाले आवेदन दिएका थिए । जसमध्ये १३ सय २७ आवेदन रद्द भएका थिए ।

राधीले पुस ३ देखि ६ गतेसम्म ७ लाओ निष्कासन गरेको थियो ।

यसमध्ये कर्मचारीलाई दुई प्रतिशत र सामूहिक लगानी कोषहरुलाई ५ प्रतिशत कित्ता सेयर छुट्याएपछि बाँकी रहेको ७ लाख ११ हजार ३१.५ कित्ता सेयर सर्वसाधारणका लागि आइपिओमा बिक्री गरिएको थियो ।

राधी जलविद्युत आयोजना लमजुङ जिल्लामा पर्छ ।

यसअघि राधीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता १० प्रतिशत आइपीओ बिक्री गरिसकेको छ ।

कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपियाँ र जारी पुँजी ४१ करोड रुपियाँ छ ।

Advertisement

Advertisement

Advertisement