रोनाल्डिनोले लिए फुटबलबाट सदाका लागि सन्यास

Advertisement

एजेन्सीः ब्राजिलका ३७ वर्षिय विश्वकप विजेता रोनाल्डिनोले औपचारिक फुटबल जिवनबाट सन्यास लिएका छन् । उनले ब्राजिललाई २००२ मा विश्वकपको उपाधि जिताउन उत्कृष्ट खेल खेलेका थिए । तर, उनले २०१५ यता फुटबल खेलेका छैनन् ।

रोनालिडनोले २००५ मा फिफा बालोन डी आर अवार्ड जितेका थिए । उनले बार्सिलोनालाई २००६ मा च्याम्पियन्स लिगको उपाधि चुमाएका थिए ।

रोनाल्डिनोका भाई तथा एजेन्ट रोबार्टोकाले उनको सन्यासको पुष्टि गर्दै सम्मानका लागि विभिन्न ठाँउमा कार्यक्रम गर्ने जनाए । उनका अनुसार ब्राजिल, युरोप, तथा एसियामा समेत उनको सम्मानमा कार्यक्रम आयोजना गरिने बताए ।

ब्राजिलको गर्मियो क्लबबाट करिअर सुरु गरेका उनले पेरिस सेन्ट जर्मेन (पीएसजी), बार्सिलोना, एसी मिलान जस्ता क्लबबाट फुटबल खेलेका थिए ।

Advertisement

Advertisement

Advertisement