सिटी एक्सप्रेस र लण्डनको सिगेबीच रेमिटान्स सम्झौता, सिगेका १३० देशमा ९० हजार एजेन्ट

Advertisement

काठमाडौंः लण्डनको नाम चलेको रेमिट (विप्रेषण) कम्पनी सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ ।

सिगे मनी ट्रान्सफरको विश्वभर १३० भन्दा बढि देशहरुमा आफ्नै सञ्जाल रहेको र ९० हजारभन्दा बढी एजेन्ट लोकेशनहरु रहेको सिटी एक्सप्रेसले जनाएको छ । यो सेवा सुरु भएपछि युरोप हुँदै अन्य देशहरुबाट सिगे मनी ट्रान्सफरले सिटी एक्सप्रेसमार्फत नेपालको कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न वा रकम प्रवाह गर्न सक्नेछन् ।

सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिगे मनी ट्रान्सफरका पे्रसिडेन्ट जोसेफ अगिलरले हस्ताक्षर गरेका छन् । विगत ११ बर्षदेखि रेमिटान्स सेवा दिँदै आएको सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा उसका नेपालभर रहेका पाँच हजारभन्दा बढी एजेन्टहरुमार्फत भुक्तानी प्राप्त गर्न सकिन्छ ।

Advertisement

Advertisement

Advertisement