भक्तपुरका माटो व्यावसायी सैंजुको बिहानै अज्ञात समुहद्वारा हत्या, तीन जना पक्राउ

Advertisement

भक्तपुर: भक्तपुरमा माटो व्यवसायमा संलग्न एक व्यवसायीको आज हत्या भएको छ ।

माटो व्यवसायी चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

आज बिहान ५ बजे सैंजूको शव भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढुंगाले हानेर हत्या गरेको आशंका गरेको बताउँदै उनले मृतकको टाउकोको पछाडि गम्भीर चोट लागेको जानकारी दिए ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएर घटनाको थप अनुसन्धान शुरु गरेको उनको भनाइ थियो ।

Advertisement

Advertisement

Advertisement