‘लिलिबिली’को ‘इज इट लभ ?’ युट्युव ट्रेन्डिङको पहिलो स्थानमा

Advertisement

काठमाडौंः स्टार नायक प्रदीप खड्का अभिनीत चलचित्र ‘लिलिबिली’को ‘इज इट लभ ?’ शीर्षकको गीत युट्युब ट्रेन्डिङ नेपालको पहिलो नम्बर कब्जा गरेको छ । युट्युबमा रिलिज भएको ४० घण्टामै गीतले छ लाख पटक भन्दा बढी भ्युजका साथै करिब १३ हजार लाइक्स पाएको छ ।

भिडियोको लोकेशन सिनलाई सबैले मनपराएका छन् । प्रदीप खड्का र नव नायीका जसिता गुरुङको जोडी खुबै रुचाइएको छ । गीतको भिडियोमा स्कटल्याण्को सौन्दर्य खिचिएको छ ।

गीनमा प्रताप दास र मेलिना राईले आवाज भरेका छन् भने एलिस कार्कीको संगीत रहेको छ । चलचित्रमा प्रदीप र जसिताका साथै प्रियांका कार्की, अनुपविक्रम शाही लगाएतका कलाकारले अभिनय गरेका छन् ।

बेलायतसँगै नेपाल र टर्कीको स्थानबुलमा चलचित्रको छायांकन गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement