आरबीबी मर्चेन्टको पुँजी २० करोड पुर्याइने, कार्यक्षेत्रलाई पनि विस्तार गरिने

Advertisement

काठमाडौंः राष्ट्रिय बाणिज्य बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडको दोस्रो बार्षिक साधारणसभाले कम्पनीको पुँजीका साथै कार्यक्षेत्र विस्तारको प्रस्ताव पास गरेको छ ।

राष्ट्रि बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठको अध्यक्षतामा बसेको आरबीबी मर्चेन्टको साधारणसभाले धितोपत्र नियमावलीअनुसार कम्पनीको चुक्ता पुँजी १० करोडबाट बढाएर २० करोड पुर्याउने र कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश भण्डारीले राष्ट्रिय बाणिज्य बैंकका मुलुकभर रहेका शाखाहरुमार्फत हितग्राही खाता खोल्ने सुविधा प्रदान गरिँदै आएको भन्दै कार्यक्षेत्र विस्तार गरी चाँडै लगानी व्यवस्थापन योजना र सामुहिक लगानी कोष योजनाको कारोबार सञ्चालन गर्ने बताए ।

साथै, उनले सार्वजनिक निजी साझेदारी नीतिअनुसार हाल सञ्चालनमा रहेका कम्पनी तथा भविश्यता स्थापना हुने ठूला तथा मध्यम आकारका औद्योगिक व्यवसायिक आयोजनाहरु निर्माण तथा सञ्चालन गर्न आवश्यक पुँजीको व्यवस्थापनका साथै सरकारी र निजी क्षेत्रबाट सञ्चालन हुने आयोजनाहरुको परामर्शदाताको काम गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement