धुलिखेलका कैदीबन्दी उत्पादनमूलक काममा

Advertisement

धुलिखेलः विभिन्न मुद्दामा काभे्रपलाञ्चोक धुलिखेलको जिल्ला कारागारमा बन्दी जिवन विताइरहेका कैदीहरु उत्पादन मुलक काममा संलग्न भएका छन् । उनीहरुले बाँस र निङगालोबाट मुडा, डाइनिङ टेबल, थुन्सेका साथै ऊनबाट गलबन्दी र ब्याग बुन्ने कामबाट आम्दानी गर्न लागेका हुन ।

कैदीले दैनिक ३० ४० कटा मुडा र थन्से निर्माण गर्दै आएका छन् । कारागारका अनुसार उत्पादीत सामग्री प्रतिगोटा ४५० रुपियाँका दरले बिक्री हुँदै आएको छ । मुडाका साथै थुन्सेसँगै डाइनिङ, गलबन्दी र झोला जस्ता उत्पादीत सामग्रीको बजारमा माग बढीरहेको कारागारले जनाएको छ ।

कैदीबन्दीको चाहना अनुसार उनीहरुलाई सिप सिकाउने काम भइरहेको छ । धुलिखेल कारागारमा अहिले २४८ जना कैदीबन्दी रहेका छन् ।

Advertisement

Advertisement

Advertisement