सेयर बजारमा गिरावट जारी, १४ सयबाट ओर्लिएको नेप्से अन्तिममा फर्कियो

Advertisement

काठमाडौंः सेयर बजारमा गिरावट जारी रहेको छ । सेयर बजार परिसुचक नेप्से सात अंकले घटेर एक हजार चारसय नजिक पुगेको छ । कारोबार रकम मंगलबारभन्दा केही सुधार आए पनि सन्तोषजनक रहन सकेन । आज कुल ४० करोड रुपियाँको सेयर किनबेच भएको छ ।

लघुवित्त समूहमा सामान्य सुधार आए पनि बाँकी सबै समूहमा गिरावट भएको छ । सेयर बजारमा देखिएको मूल्य अभिवृद्धि करको अन्योलता, राजनीतिक अनिश्चितता, लगातारको बजार गिरावटले लगानीकर्तामा आएको निराशा, कम्पनीहरुले क्रमसः हकप्रद र बोनस सेयर जारी गर्ने क्रममा आएको कमी जस्ता कारणले बजार सुधार हुन नसकेको विश्लेषकहरुको भनाई छ ।

कारोबार राम्रो हुन नसक्दा पनि आज सानिमा माई हाइड्रोपावरको १२ करोड २० लाखको सेयर किनबेच भएको छ । हिजो पनि सानिमाको सबैभन्दा बढि सेयर किनबेच भएको थियो । दिउसो एक हजार चारसयबाट ओरालो लागेको नेप्से कारोबारको अन्तिममा सुधार आई एक हजार ४०६ दशमलव ५२ अंक कायम भएको हो ।

Advertisement

Advertisement

Advertisement