स्वावलम्बन लघुवित्त विकास बैंक १७ औं वर्षमा प्रवेश

Advertisement

काठमाडौंः स्वावलम्बन लघुवित्त विकास बैंकले स्थापनाको १७औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका का. मु. कार्यकारी निर्देशक देवकुमार ढकालले वित्तीय संस्थाले यस प्रकारका कार्यक्रम गरी विभिन्न विधामा ग्राहक सदस्यहरुलाई सम्मान गरी प्रोत्साहन गर्नु अत्यन्त प्रशंसनिय रहेको बताए ।

श्रेष्ठले ग्राहक सदस्य, उत्कृष्ट लघुउद्यमी, उत्कृष्ट वचतकर्ता, उत्कृष्ट केन्द्रलाई सम्मान गर्नुले यस वित्तीय संस्था ग्राहक सदस्यप्रति उत्तरदायी र जिम्मेवार रहेको प्रस्ट भएको बताए ।

बैंक संचालक समितिका अध्यक्ष बिजेन्द्र सुवालले संस्थाको वित्तीय सहयोगमा ग्राहक सदस्यहरुले विभिन्न उद्यम गरिरहेकोमा खुसी व्यक्त गरे । उनले हालको प्रतिस्पर्धामा चुनौतीहरु रहेता पनि चुनौतीलाई अवसरको रुपमा लिएर संस्था अगाडि बढ्ने बताए । सुवालले सदस्यको क्षमता अभिवृद्धि, कर्मचारी तालिम र सुचना प्रविधिमा जोड दिदै संस्थाको सेवा अधिकतम क्षेत्रमा विस्तार गर्ने जानकारी दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश मान प्रधानले बैंकको १६ वर्षको समय अन्तरालमा विभिन्न साना ठूला समस्या र चुनौतिहरुलाई सहजता र सफलतापूर्वक पार लगाउदैं आजका दिनसम्म आइपुगेको बताए ।

विपन्न वर्गको आर्थिक–सामजिक अवस्थामा सुधार ल्याउन लघुवित्त कार्यक्रम संचालन गर्दै आएको बैंकले हाल ५४ जिल्लाका १२३ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालय मार्फत २ लाख १८ हजार ९ सय ७२ ग्राहकलाई लघुवित्त सेवा पु¥याउँदै आएको छ । बैंकको हाल लगानीमा रहेको कर्जा रकम ८ अर्व ३५ करोड १२ लाख ५४ हजार रुपियाँ छ ।

समारोहमा बैंकमा आवद्ध ज्येष्ठ ग्राहक सदस्यहरु, उत्कृष्ट लघु उद्यमीहरु, उत्कृष्ट वचतकर्ता, उत्कृष्ट केन्द्र प्रमुख तथा उत्कृष्ट शाखा कार्यालयहरुलाई सम्मान गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement