लामो कसरतपछि सरकारले तोक्यो प्रदेशहरुको अस्थायी राजधानी र प्रमुखहरु

Advertisement

काठमाडौंः लामो कसरतपछि सरकारले सात वटै प्रदेशको प्रमुख नियुक्त गर्नुका साथै प्रदेशको अस्थायी राजधानी तोकेको छ । बुधबार दोस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोकेको हो ।

जसअनुसार प्रदेश १ को राजधानी विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी राजधानी तोकिएको छ । अस्थायी राजधानीको माग गर्दै विभिन्न जिल्लामा बन्द हडताल र तालाबन्दी भइरहेको बेला सरकारले उक्त निर्णय गरेको हो ।

त्यसैगरी, प्रदेश प्रमुखहरुमा प्रदेश १ मा प्राध्यापक गोबिन्द सुब्बा, २ मा उमाकान्त झा, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा रत्नेश्वरलाल कायस्थ, ६ मा दुगाकेशर खनाल र ७ मा मोहनराज मल्ल नियुक्त भएका छन ।

आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक अनिर्णित भएपछि अपरान्ह पुनः बसेको बैठकले अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखहरु नियुक्ति गरेको हो ।

Advertisement

Advertisement

Advertisement