बालगोपालेश्वर मन्दिरको पुनः निर्माणको काम पनि अवरुद्ध

Advertisement

काठमाडौंः रानीपोखरी पुनःनिर्माणमा विवाद आएपछि रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको काम पनि अवरुद्ध भएको छ । रानीपोखरी मन्दिर महानगरपालिकाले निर्माण गरेको भएपनि बालगोपालेश्वर मन्दिर पुरातत्व विभागले निर्माण गराएको थियो ।

बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण पनि शुरुमा महानगरपालिकाले नै गरेपनि सिमेन्ट, रडलगायत सामग्रीको प्रयोग गरेको भन्दै भत्काइएको थियो ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठबीच पुस ११ गते रानीपोखरीको सौन्दर्यीकरणका विषयमा विवाद भएको थियो । विवादपछि सम्बन्धित निकायले काम रोक्न निर्देशन दिएका थिए ।

कार्यदलले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण पनि प्रतिवेदन नदिएसम्म रोक्न निर्देशन दिएकाले काम नगरेको बताइएको छ ।

विसं २०७५ असार मसान्तसम्म मन्दिर पुनःनिर्माण सक्ने सम्झौता भए पनि काममा अवरोध भएकाले नसकिने संकेत देखिएको छ ।

Advertisement

Advertisement

Advertisement