इन्धनको फेरि मूल्यवृद्धि, ग्यास र हवाई इन्धन यथावत

Advertisement

काठमाडौंः नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा एक रुपियाँ र डिजेल र मट्टितेलमा दुई दुई रुपियाँ मूल्यवृद्धि गरेको हो ।

निगमले यसअघि मूल्यवृद्धि गरेको एक महिना बित्न नपाउँदै फेरि मूल्यवृद्धि गरेको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भएको वृद्धिका कारण मूल्यवृद्धि गर्नुपरेको निगमका कार्यबहाक सुशील भट्टराईको भनाई छ ।

अन्तर्राष्ट्रिय मूल्यअनुसार भारतीय आयल निगमले प्रदेश महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसुची पठाउने गर्दछ । केही बर्षदेखि स्वचालिम मूल्य प्रणाली लागू गरेको निगमले सोही प्रणालीलाई देखाउँदै मूल्यवृद्धि गर्ने गरेको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको खरिदबिक्री मूल्य प्रतिलिटर १०२ रुपियाँ र डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८१ ८१ रुपियाँ कायम भएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत कायम राखिएको छ । मूल्य समायोजनपछि डिजेलमा पाक्षिक घाटा २४ करोड ३९ लाख रुपियाँ भएको निगमले जनाएको छ । साथै, एलपी ग्यासमा प्रतिसिलिण्डर २०८ रुपियाँभन्दा बढि घाटा रहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement