सरकारको निर्णय: डा. केसीको माग सम्बोधन गर्न पाँच-सदस्यीय सफारिस समिति गठन, डिनमा अग्रवाललाई निरन्तरता

Advertisement

काठमाडौँ: सरकारले प्राध्यापक डाक्टर गोविन्द केसीसँग हालै सरकारले गरेको पाँच बुँदे सहमति अनुसार लोक सेवा आयोगको अध्यक्षको अध्यक्षतामा तीन सदस्यीय एक सिफारिस समिति गठन गरेको छ ।

उक्त सिफारिस समितिले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष सिफारीस गर्नेछ । आयोगको सिफारिस समितिमा डा दिव्या सिंह शाह र प्रधानमन्त्री कार्यालयका शिक्षा हेर्ने सचिव खगराज बराल सदस्य रहेको छन् ।

त्यस्तै, आज बसेको मन्त्रिपरिषद बैठकले त्रिवि शिक्षण अस्पतालको सुधारका लागि १० करोड रुपियाँ सहयोग रकम दिने निर्णय गरेको, सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । मन्त्रिपरिषद बैठक ३ बजे सुरु भएर औपचारिक रुपमा पौने ८ बजे सकिएको थियो ।

आज बसेको बैठकमा मन्त्रिपरिषदको औपचारिक बैठक नसकिंदै सरकारकै मन्त्रीहरुले मिडियामा केहि निर्णयहरु दिएका थिए ।

त्यस्तै आजको बैठकले सर्बोच्च अदालतको निर्णय अनुसार त्रिवि शिक्षण अस्पतालका डिन डा जगदीश कुमार अग्रवाललाई नै निरन्तरता दिने निर्णय गरेको, मन्त्री बस्नेतले जानकारी दिए ।

आजैको सरकारको निर्णयले २०३३ सालमा बैतडीमा राज्य पक्षबाट गोली हानी मारिएका मिन बहादुर चन्द, २०१८ मा नरनाथ कट्टेल, अनि त्यस्तै टिम्भर-भोटे काण्डमा २०३१ सालमा मारिएका मित्र बहादुर कटुवाल, २०४९ कार्तिक महिनामा काठमाडौँको किर्तिपुरमा माओवादीले गोली हानी मारेका संजय सिंह र २०५६ सालमा सिन्धुपाल्चोकमा मारिएका कृष्ण प्रसाद सापकोटालाई सरकारले सहिद घोषणा गरेको छ ।

Advertisement

Advertisement

Advertisement