नेइमारले ४ गोल गरेपछि पीएसजीसँग डिजोन ८-० ले पराजित

Advertisement

एजेन्सीः फ्रेन्च लिग वानमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी)ले डिजोनमाथि सानदार जित निकालेको छ । गए राति भएको खेलमा पीएसजीले डिजोनविरुद्ध गोलको वर्षा गर्दै ८-० गोलको फराकिलो जित निकालेको हो ।

फ्रेन्च जाएन्ट पीएसजीको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीका लागि नेइमार एक्लैले चार गोलको योगदान दिएका थिए । चौथो मिनेटमा डि मारियाको गोलबाट सुरुवाती अग्रता लिएको पीएसजीका लागि १५ औं मिनेटमा उनैले अग्रता दोब्बर पारे । पीएसजीका लागि २१ औं मिनटमा काभानीले र ४२ औं मिनेटमा नेइमारले गोल गर्दै पहिलो हाफमा ४-० को अग्रता दिलाए ।

५७ औं मिनेटमा नेइमारले दोस्रो, ७३ औं मिनेटमा तेस्रो गोल गरे । ७७ औं मिनेटमा एम्बाप्पेले गोल गरे । खेलको ८३ औं मिनेटमा नेइमारले पेनाल्टिमा गोल गर्दै टोलीलाई ८-० को सानदार जित दिलाए ।

जितसँगै पीएसजी लिगमा २१ खेलबाट ५६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement