‘वासर’ र ‘ड्रायर’ अब सिजी वासिङ मेसिनहरुमा

Advertisement

काठमाडौंः इलेक्ट्रोनिक्स सामग्रीहरुमा छुटै पहिचान बनाउन सफल सिजीले बजारमा वासर र ड्रायर भएको फ्रन्टलोड वासिङ मेसिनहरु ल्याएको छ ।

यो विशेषता भएको वासिङ मेसिनले एक पटक बटन थिचेर थोरै समयमा नै लुगा धुने र आफै सुकाइदिने काम गर्दछ । त्यस्तै, यसमा नयाँ प्रविधिको टच प्यानल र इन्भटर मोटर पनि जडान गरिएको चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

यो वासिङ मेसिन सिजीका आधिकारीक बिक्रेताहरु तथा सिजी डिजिटलहरुमा सजिलै पाउन सकिने भन्दै कपनीले यी मेसिनहरु बजारमा आठ केजीको क्षमतामा १० वर्षको वारेण्टी मोटरमा समेत उपलब्ध रहेको सिजीका प्रोडक्ट मेनेजर रितेश चौधरीले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement