थाइल्याण्डबाट एउटै उडानमा आए केपी ओली र हिमानी

Advertisement

काठमाडौंः नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएका एमाले अध्यक्ष केपी ओली र पूर्वयुवराज्ञी हिमानी शाह बिहीबार एउटै उडानबाट स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि हिमानी सरासर गन्तव्यतर्फ लागेकी थिइन भने ओली विमानस्थलमा आयोजित पत्रकार सम्म्ेलनमा सहभागी भएका थिए ।

राजसंस्था पुनस्थापनाको चर्चा भइरहेको बेला बैंककमा ओलीसँग हिमानीको भेटवार्ता भएको हुनसक्ने अडकलहरु गरिएको छ ।

Advertisement

Advertisement

Advertisement