सरकार म काठमाडौं बसौं कि हेटौंडा जाँउ ?- माग्नेबुढा

Advertisement

काठमाडौंः हास्यकलाकार माग्नेबुढा ‘केदारप्रसाद घिमिरे’ले सरकारसँग काठमाडौं बसौं कि हेटौडा जाउ ? भन्ने प्रश्न गरेका छन् । हेटौंडा काठमाडांको पनि राजधानी भएपछि उनले अब आफ का जाने भन्नेमा दोधारमा परेको बताएका छन् ।

माग्नेबुढाले सामाजिक सञ्जालमार्फत सरकारसँग उक्त प्रश्न गरेका हुन् । देशकै राजधानी काठमाडौंमा राम्रो भविष्यहोला भनेर २५ वर्षअघि काठमाडौं आएका उनी सरकारले हेटौँडालाइे काठमाडौंको राजधानीका रुपमा तोकिदिएपछि दोधारमा परेका हुन् ।

उनका अनुसार मकवानपुरमा भन्दा राजधानीमा राम्रो भविष्य हुने भन्दै उनी काठमाडौंमा आएका थिए । माग्नेबुढाले फेसबुकमा स्टाटस लेखेका छन्, ‘आज आएर प्रदेश ३ को राजधानी हेटौंडा पो भन्छ त ! आब म याँ बसौं कि हेटौंडा जाउ ?

Advertisement

Advertisement

Advertisement