फोन नबिकेपछि ओपोले नेपालमा घटायो मूल्य

Advertisement

काठमाडौंः अपेक्षाअनुसार आफ्ना केही मोवाइल फोनका ब्राण्डहरु बिक्री नभएपछि चिनियाँ मोवाइल कम्पनीले नेपालमा त्यसको मूल्य घटाउने निर्णय गरेको छ । ओपोले आक्रामक प्रचार गरे पनि नेपालमा अपेक्षाअनुसार बिक्री हुन सकेको छैन ।

कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार ओपो एफथ्री, एफवानएसका दुवै भेरियन्ट (३ जिबी तथा ४ जिबी) र ए७१को मूल्य समायोजन गरिएको छ ।

नयाँ वर्षको अवसरमा भन्दै नयाँ बर्ष २०१८ सुरु भएको तीन सातापछि ओपोले आफ्ना मोवाइलको मूल्य घटाएको हो । सेल्फी एक्सपर्टको रुपमा आफ्ना मोवाइलहरुलाई विशिष्टिकृत गर्दै आएको ओपो मूल्य घटाइएका मोडलहरुको मूल्य ओपो एफथ्रीको ३१ हजार पाँच सय ९० एफवानएस (४ जिबी) २८ हजार नौ सय ९०, एफवानएस (३ जिबी) २७ हजार नौ सय ९० र ए७१को २० हजार चार सय ९० रुपियाँ निर्धारण गरिएको छ ।

Advertisement

Advertisement

Advertisement