फिफाको बरियतामा छ स्थानमाथि उक्लिदै नेपाल १६५ औं स्थानमा

Advertisement

काठमाडौंः विश्व फुटबलको सर्वोच निकाय फिफाले गरेको नयाँ बरियतामा नेपाल छ स्थानमाथि उक्लिएको छ । फिफाको बिहिवार सार्वजनिक भएको बरियता अनुसार नेपाल १६५ औं स्थानमा आएको हो ।

यसअघि नेपाल विश्व बरियताको १७२ औं स्थानमा भएतापनि अहिले नेपाल दक्षिण एसियाको तोस्रो स्थानमा उक्लिएको हो । दक्षिण एसियामा भारत १०२ औं स्थानका साथ पहिलो स्थानमा, १५० औं स्थानको माल्दिभस दोस्रो र नेपाल तेस्रो स्थानमा रहेका हुन ।

नेपालपछि भुटान १८८ औं स्थानमा, बंगलादेश १९७ औं स्थानमा, श्रीलंका २०० औं स्थानमा र पाकिस्तान २०१ औं स्थानमा रहेका छन् । बरियताको शीर्ष १४ मा रहेका टोलीको स्थानमा भने फेरबदल भएको छैन् । पहिलो स्थानमा जर्मनी, दोस्रोमा ब्राजिल, तेस्रोमा पोर्चुगल, चौथोमा अर्जेन्टिना, पाँचौमा बेल्जियम रहेका छन् ।

३४ औं स्थानमा रहदै इरान एसियाली बरियतामा पहिलो स्थानमा रहेको छ । दोस्रोमा अष्ट्रेलिया, तेस्रोमा जापान र चौंथोमा दक्षिण कोरिया रहेका छन् ।

Advertisement

Advertisement

Advertisement