प्रदेशसभा सदस्यलाई आयोगले आज प्रमाणपत्र वितरण गर्दै

Advertisement

काठमाडौँ: प्रदेशसभा अन्तर्गत प्रत्यक्ष र समानुपातिकमा विजयी हुने सदस्यहरुलाई निर्वाचन आयोगले शुक्रबार प्रमाणपत्र वितरण गर्दैछ ।

प्रदेश सभा अन्तर्गत विजयी हुने २ सय २० सदस्यलाई प्रमाणपत्र बितरण गरिने आयोगले जनाएको छ ।

राजधानीको कान्तिपथस्थित आयोग मुख्यालयमा दिउँसो १ बजे आयोगले प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ ।

प्रदेश सभा सदस्यले प्रदेश प्रमुख नियुक्त भएको सात दिन भित्र आ–आफ्ना प्रदेश प्रमुखबाट सपथ लिनु पर्ने संवैधानिक बाध्यता छ ।

आयोगले प्रमाणपत्र बितरण गरेसँगै विजयी सदस्यको विवरण प्रदेश प्रमुखलाई पठाउपर्ने हुन्छ ।

प्रदेशसभा सदस्यहरु आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका मतदाता समेत रहेकाले निर्वाचन आयोगले आवश्यक प्रक्रिया तत्काल अघि बढाउँदै प्रमाणपत्र वितरण गर्न लागेको हो ।

Advertisement

Advertisement

Advertisement