न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यकिण्डा आफु गर्भवती रहेको घोषणा

Advertisement

बीबीसी: न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यकिण्डा आर्डेनले सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको शुक्रबार सार्वजनिक गरेकी छन्।

कुनै पनि सरकार प्रमुखले आफूले पदीय जिम्मेवारी सम्हालिरहँदा बच्चालाई जन्म दिन लागेको यो विरलै घटनाको रुपमा हेरिएको छ ।

यसअघि बेनेजिर भुट्टोले सन् १९९० मा आफू पाकिस्तानको प्रधानमन्त्री हुँदा बच्चालाई जन्म दिएकी थिइन्।

उनले बच्चा जन्मिएको ६ हप्तासम्म उपप्रधानमन्त्री विन्सटन पिटर्सले आफ्नो पदको जिम्मेवारी सम्हाल्ने पनि बताएकी छन्।

३७ वर्षीय आर्डन गत अक्टोबरमा मध्य वामपन्थी गठबन्धन बनाएपछि न्यूजिल्याण्डकी सन् १८५६ यता कै सबैभन्दा कान्छी प्रधानमन्त्री भएकी थिइन्।

शुक्रबार आफ्नो सामाजिक सञ्जालमा गर्भवती भएको घोषणा गरेपछि उनलाई व्यापक समर्थन आएको छ।

प्रधानमन्त्री आर्डनले आफ्ना प्रेमी क्लार्क गेफोर्डले घरमा बसेर सन्तान हेर्ने बताइन्।

आर्डनले आफ्नो इन्स्टाग्राममा लेखेकी छन्, "हामीलाई लाग्यो कि सन् २०१७ महत्वपूर्ण वर्ष हो।"

आर्डनले आफू प्रधानमन्त्री हुनु ६ दिनअघि आफू गर्भवती भएको थाहा पाएको र त्यो पूर्ण रूपमा अचम्मित पार्ने खालको भएको बताएकी हुन्।

Advertisement

Advertisement

Advertisement