अव क्यान्सर फैलनु अघि नै 'क्यान्सर सिक' ले पत्ता लगाउने छ तपाईंमा कुन क्यान्सर छ भनेर

Advertisement

बीबीसी: अमेरिकाका वैज्ञानिकहरूले क्यान्सर परीक्षणका लागि आफूहरूले एउटा ठूलो उपलब्धि हासिल गरेको बताएका छन्।

एक हजार बिरामीमाझ गरिएको नमुना परीक्षणमा उनीहरूले आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन भनेर हेरेका थिए।

क्यान्सर रोग पत्ता लगाउन गरिएको नयाँ रगत परीक्षणले शरीरका अन्य भागमा फैलिनु अघि आठ किसिमका ट्युमरहरू पत्ता लगाउन सक्ने दह्रो आधार दिएको छ।

यो अनुसन्धानबाट क्यान्सर फैलिनु अघि नै पत्ता लगाउन सकिने अपेक्षा गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

आंकलन

'क्यान्सर सिक' भनिने उक्त परीक्षणलाई व्यापक रूपमा पहुँचमा पुर्याउनु अघि थप अध्ययनहरू आवश्यक रहेको साइन्स नामक जर्नलमा प्रकाशित रिपोर्टमा भनिएको छ।

उक्त परीक्षण गर्न प्रति व्यक्ति करिब ५ सय डलर खर्च लाग्न सक्ने आंकलन गरिएको छ।

१ हजार पाँच जना क्यान्सरका बिरामीमाझ जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले कलेजो, पेट, छाती, स्तन, अण्डाशय, पाचनग्रन्थी लगायतमा क्यान्सर रोग पत्ता लागेको थियो।

Advertisement

Advertisement

Advertisement