सिदार्थ इन्स्योरेन्सले ३५ प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्डसँग अनुमती माग्यो

Advertisement

काठमाडौंः सिद्धार्थ इन्स्योरेन्सले २२ लाख ४४ हजार ९३७ कित्ता हकप्रद सेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमती मागेको छ । इन्स्योरेन्सले १०ः३.५ को अनुपातमा ३५ प्रतिशत हकप्रद सेयर बिक्रीका लागि धितोपत्र बोर्डसँग अनुमती मागेको हो ।

हकप्रदको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । इन्स्योरेन्सले केही समय अघि दिएको २० प्रतिशत बोनस सेयरपपछि कायम भएको चुक्त पूँजीबाट हकप्रद जारी गर्न लागेको हो । कम्पनीको बोनस सेयरपछिको चुक्त पूँजी ६४ करोड १४ लाख २१ हजार ६०० रुपियाँबाट ३५ प्रतिशत हकप्रद जारी गर्ने भएको हो ।

हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार ९५० रुपियाँ हुनेछ । इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासमा चार करोड १२ लाख छ हजार रुपियाँ खुद नाफा कामाएको थियो ।

Advertisement

Advertisement

Advertisement