'आइफोन स्लो' भएको विषयमा कोरियाली उपभोक्तावादीले कुकविरुद्ध फौजदारी अभियोग दर्ता

Advertisement

सियोल: दक्षिम कोरियाली उपभोक्ता समुहले विहिबार हालै सार्वजनिक भएको 'आइफोन स्लो' भएको बिषयमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकबिरुद्ध फौजदारी अभियोग दर्ता गरेका छन् ।

उपभोक्तावादीहरुले उनीहरुले प्रयोग गरिरहेको उक्त फोनको आयु छिट्टै जाने भए भन्दै उक्त मुद्दा दाएर गरेको बताएका छन् ।
आइफोन प्रयोगकर्ताहरुलाई कम्पनीले ठगेको भन्दै हाल एप्पलले अमेरिका लगायत अन्य देशहरुबाट पनि उस्तै आरोपको सामना गरिरहेको छ ।

दक्षिण कोरियाली वकालत मन्च र उपभोक्ताको सार्वभौमिकताका लागि नागरिक एकता संस्थाले उक्त मुद्दा एप्पलमाथि लगाएको हो ।

यस्तो आरोप १२० जना उपभोक्तावादीहरुले लगाएका हुन् ।

कोरियाको जिल्ला न्यायिक कार्यालयले भने यसवारे छानविन गर्ने नगर्ने भन्ने बारेको प्रतिक्रिया दिन भने मानेको छैन ।

Advertisement

Advertisement

Advertisement