तीस प्रतिशत हकप्रदका लागि वोमी माइक्रोफाइनान्सले माग्यो बोर्डसँग अनुमती

Advertisement

काठमाडौंः वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले १०ः३ अनुपातमा दुई लाख ३३ हजार २८० कित्ता हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमती मागेको छ । संस्थाले ३० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बोर्डसँग अनुमती मागेको हो ।

कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । संस्थाले २० प्रतिशत बोनस सेयर दिएपछि कायम भएको चुक्ता पूँजीबाट ३० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । २० प्रतिशत बोनस सेयरपछि कम्पनीको चुक्ता पूँजी सात करोड ७७ लाख ६० हजार रुपियाँ पुगेको छ ।

हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १० करोड १० ८८ हजार रुपियाँ पुग्ने छ । संस्थाले चालु आवको पहिलो त्रैमासमा ७३ लाख १७ हजार रुपियाँ खुद नाफा कमाएको थियो ।

Advertisement

Advertisement

Advertisement