आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा चावहिल, बौद्धमा

Advertisement

काठमाडौंः आइएमई जनरल इन्स्योरेन्सले आफ्नोको २४औं शाखा चाबहिल, बौद्धमा सञ्चालनमा ल्याएको छ । शुक्रबारका अध्यक्ष हेमराज ढकालले उक्त शाखा उदघाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा स्थानीय उद्योगी, व्यापारी, बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

कार्यक्रममा अध्यक्ष ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने बताए । आइएमई जनरल इन्स्योरेन्सको आज थपिएकोसहित २४ वटा शाखा, दुई वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउन्टरहरु र प्रधान कार्यालय सहित ३७ स्थानबाट सेवा प्रदान गरिरहेको छ ।

कम्पनीले निकट भविष्यमा १० शेयर बराबर ८ का दरले हकप्रद शेयर प्रदान गरी यसै आर्थिक बर्षको अन्त्यसम्ममा कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख पुर्याउने र त्यसपछि पाँच प्रतिशत बोनस शेयर प्रदान गरी कम्पनीको चुक्ता पुँजी एक अर्ब दुई करोड छ लाख पुर्याउने, निकट भविश्यमा थप १७ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्ने जानकारी दिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकहरुलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्सालबाट ३६५ दिने बीमा सेवा सुरु गरिसकिएको जानकारी दिए । कम्पनीले दोस्रो त्रैमासिकसम्म ४३ कारोड बीमा शुल्क आर्जन गर्न सफल भएको उनले बताए ।

Advertisement

Advertisement

Advertisement