सैंजु हत्या अभियोगमा एक महिला पक्राउ

Advertisement

काठमाडौँ: प्रहरीले भक्तपुरका माटो व्यवसायी सिताराम सैंजुलाई मारेको अभियोगमा ३० वर्षीय एक महिलाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुङ्गा सिस्नेरी– ८ घर भएकी गलैचा कारखानामा काम गर्ने रिता राई रहेको प्रहरीले जनाएको छ ।

तीन दिनअघि भक्तपुर नगरपालिका–९ ब्रम्हायणी मन्दिर नजिकै भक्तपुर ताथली बस्ने ५५ बर्षीय सैंजु मृत अवस्थामा फेला परेका थिए ।

घटनाका सम्बन्धमा सोही मन्दिरमा सरसफाई गर्दै पाटीमा बस्दै आएका रामबहादुर लामालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा राईले उक्त घटना गरेको बताएपछि प्रहरीले राईलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी राईले मादक पदार्थ सेवन गरेका सैंजुले आफुलाई हातपात गर्न खोजेपछि ईट्टा प्रहार गर्दा सैजुको मृत्यु भएको बताइन् ।

Advertisement

Advertisement

Advertisement