एक मधेसी नेताको तर्क– अहिले १० प्रदेश भइदिएको भए यो हालत हुन्थ्यो ?

Advertisement

काठमाडौंः राष्ट्रिय जनता पार्टीक ाउक नेता लक्ष्मणलाल कर्णले मुलुकमा १० प्रदेश भइदिएको भए अहिले प्रदेशको अस्थायी राजधानीको नाममा कुनै आन्दोलन नै नहुने थियो भनेका छन् ।

रिपोर्टर्स क्लबमा शुक्रबार उनलेसरकारले तोकेको अस्थायी राजधानीको बारेमा थुप्रै ठाउँमा विवादहरु छन भन्दै सात वटा प्रदेश वैज्ञानिक नभएको जिकिर गरे । कर्णले भने, ‘जनताले एकातिर माग गरे, तीन ठूला पार्टीहरुले अर्के गरिदिए, त्यसैले सात प्रदेश अवैज्ञानिक थियो, अहिलेको आन्दोलन पनि त्यसैको प्रतिफल हो ।’

उनले २ नम्बर प्रदेशको राजधानी वीरगन्ज हुनुपर्छ भनेर अहिले जारी आन्दोलनबारे टिप्पणी गर्दै भने, ‘अहिले आन्दोलन जरुरी छैन, आन्दोलन गर्नुको कुनै औचित्य छैन, धैर्यता गर्नुपर्ने थियो, निर्वाचित संस्थाले फंक्सन गरेको छैन, अहिलेको आन्दोलनमा काम नपाएकाहरु खासगरी चुनाव हारेकाहरुले गरेका हुन् ।’ उ

कर्णले सरकारले हालै नियुक्त गरेका प्रदेश प्रमुखहरु निर्वाचित नभएकोले नयाँ सरकारले यसबारेमा पनि विचार गर्न सक्ने बताए । प्रदेश प्रमुखहरुलाई अनुभव केही पनि नभएकोले यसको लागि बरु सेमिनार, गोष्ठी र तालिमहरुको व्यवस्था गर्नुपर्नेतिर उनले सरकारको ध्यानाकर्षण गराए ।

नेता कर्णले प्रदेश प्रमुखहरुलाई परिवर्तन गर्नुभन्दा पनि तालिम प्रदान गर्नतिर ध्यान दिनुपर्ने सुझाव दिए । उनले भने, ‘प्रदेश प्रमुख चेन्ज गर्दा असर पर्छ, संघीयतामा पनि असर पर्छ ।’

Advertisement

Advertisement

Advertisement