समुन्द्रभित्र भेटियो माया सभ्यताको प्राचिन सुरुङ, लम्बाई ३४७ किलोमिटर

Advertisement

एजेन्सीः पुर्वी मेक्सिकोमा एक अनुसन्धान टोलीले पानीभित्र विश्वको सबैभन्दा लामो सुरुङ फेला पारेको छ । ‘सक एकटन’ नामक उक्त सुरुङबाट प्राचिन समयको मांया सभ्यताको बारेमा जानकारी मिल्न सक्ने अनुमान गरिएको जनाइएको छ ।

उक्त सुरुङको लम्बाई ३४७ किलोमिटर रहेको छ । पहिले यसको लम्बाई २६३ किलोमिटर भएको अनुमान गरिएको थियो । तर, डोस ओजोस प्रविधिबाट नापिएपछि यसको लम्बाई ३४७ भएको पत्ता लागेको हो ।

mexico-cave

सक एकटन १२ हजार वर्ष पूरानो भएको र सुरुङको वरिपरी प्राचिन मानव बस्ती भेटिन सक्ने सम्भावना रहेको जनाइएको छ । साथै, यसलाई माया सभ्यताको प्राचिन मन्दिर मानिए पनि यसको पुष्टी भने भएको छैन् ।

Advertisement

Advertisement

Advertisement