राष्ट्रिय बाणिज्य बैंकको बार्षिकोत्सवको अवसरमा प्रभातफेरि

Advertisement

काठमाडौंः राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ५३औं वार्षिकोत्सवको अवसरमा शनिबार बिहान प्रभातफेरी गर्यो । कार्यक्रममा बैंक सञ्चालक, व्यवस्थापक र कर्मचारीहरु सहभागी थिए ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय समावेशीकरणको लागि वित्तीय साक्षरतामूलक ब्यानर, चेतनामूलक प्लेकार्ड बोकेको र्याली सिंहदरबार प्लाजाबाट सुरु भई भद्रकाली, न्युरोड, रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै पुनः सिंहदरबार प्लाजामा आएर समापन भएको थियो । बैंकले वार्षिकोत्सवको अवसरमा यसअघि रक्तदान, खेलकुद जस्ता कार्यक्रमसमेत आयोजना गरेको थियो ।

Advertisement

Advertisement

Advertisement