नयाँ बजेट पारित गर्ने बिषयमा डेमोक्र्याटसँग कुरा नमिलेपछि सम्पूर्ण अमेरिकी सरकार ठप्प

Advertisement

बीबीसी: अमेरिकी सरकारको सिनेट (माथिल्लो सदन) मा नयाँ बजेट पारित गर्ने बिषयमा सहमति जुट्न नसकेपछि सम्पूर्ण अमेरिका सरकारको कामकाज ठप्प हुने भएको छ ।

यद्यपी शनिवार र आइतवार दुई दिन सरकारी विदा छ त्यसैले बजेट पारित गर्ने कुरा शुक्रार मध्यरातिसम्म भएको छलफल टुंगोमा नपुगेपछि सोमबारबाट त्यहाँको संघीय सरकार काम काज विहिन हुनेछ ।

अर्को महिनासम्म संघीय निकायहरूलाई खर्च उपलब्ध गराउने सम्बन्धी विधेयक पारित गराउन अमेरिकी माथिल्लो सदन सिनेटमा रहेका रिपब्लिकनहरूलाई डेमोक्र्याटहरूको समर्थन आवश्यक पर्छ तर गयराती वाशिङटनमा भएको सहमतिको प्रयास खेर गएपछि उक्त स्थिती आउन लागेको हो ।

सिनेटबाट उक्त विधेयक पारित गर्न आवश्यक ६० सांसदको समर्थन रिपब्लिकनहरूसँग छैन।

ह्वाइट हाउसमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटेपछि डेमोक्र्याटतर्फका सिनेटर चक सुमरले केही प्रगति भएपनि कैयौँ विषयमा असहमति कायम रहेपछि समहती नजुटेको बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्विटर उक्त प्रारम्भिक बैठक राम्रो भएको प्रतिक्रिया दिए पनि अन्तिम दिनमा आएर सहमति जुट्न नसकेको हो ।

मध्यरातको समयसीमाभित्र पनि कानून पारित नाभायेपछी अत्यावश्यक बाहेकका अमेरिकी संघीय निकायका कर्मचारीहरू अव सबै जना घरमै बस्नु पर्ने हुन्छ ।

सिनेटमा दलहरू सहमतिभन्दा टाढा नै छन् र रिपब्लिकनहरूलाई उक्त कानून पारित गराउन १० जना डेमोक्र्याटको समर्थन आवश्यक छ।

डेमोक्र्याटहरूले यस विवादको केन्द्रमा सपना देख्नेहरू समेत भनिने कलिलो उमेरमा गैरकानूनी रूपमा अमेरिका पुगेका ८ लाख मानिसको भविष्यबारेका समाधानलाई राखिदिएका छन्।

राष्ट्रपति ट्रम्पले उनीहरूका काम गर्ने र अध्ययन गर्ने अधिकार मार्च महिनाको प्रारम्भमा रद्द गरिदिने बताएका छन्।

उनीहरूलाई वैधानिकता दिनुपर्ने पक्षमा धेरै रिपब्लिकनहरू छन्।

तर उनीहरू उक्त मुद्दा राष्ट्रपति ट्रम्पको सीमा पर्खालको मुद्दासँग जोडिनुपर्ने बताउँछन जसप्रति डेमोक्र्याटहरूको असहमति छ।

रिपब्लिकनतर्फका सिनेट नेता मिच मकोनलले डेमोक्र्याटहरूका कदमले सैन्य खर्च र बालबालिकालाई स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रमलाई अस्थिर बनाउने चेतावनी दिएका छन्।

डेमोक्र्याटहरूले आप्रवासनसम्बन्धी कानूनमा सहमति कायम नहुञ्जेल सरकारले चार वा पाँच दिन थप खर्च गर्न पाउने गरी सहमति दिन सकिने प्रस्ताव गरेका छन्।

एउटै दलले संसद्को दुईवटै सदन र ह्वाइट हाउसमा नियन्त्रण जमाएका बेला सरकारी कामकाज ठप्प हुनु यो पहिलो घटना हो ।

Advertisement

Advertisement

Advertisement