दिपक मनाङ्गेलाई पक्राउ गर्न प्रहरी परिचालन, पक्राउ पुर्जी आएपछि सुरु गरेका हौँ - परिसर

Advertisement

काठमाडौं: सर्बोच्च अदालतको तीन दिन अघिको फैसला कार्यन्वयन गर्न भन्दै काठमाडौँ प्रहरी परिसर र अपराध महाशाखाले प्रदेश सभा सदस्य दिपक मनाङ्गेको पक्राउ अभियान तिब्र पारेको छ ।

मनाङको प्रदेशसभा ‘ख’ बाट मनाङ्गे निर्वाचित सांसद हुन् । उनको वास्तविक नाम राजिव गुरुङ हो । काठमाडौँ प्रहरी परिसरका प्रमुख रबिन्द्रसिंह धानुकले कर्पोरेट नेपाललाई दिएको जानकारी अनुसार उनको खोजि कार्य जारी रहेको र उनी अहिले प्रहरीको फरार सूचिमा छन् ।

धानुकले भने, ‘अदालतको फैसला बमोजिम पत्र आएको छ र खोजीकार्यका लागि प्रहरी बिशेष टोली परिचालन गरिएको छ ।’

२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । तर,लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भयो । २०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।

Advertisement

Advertisement

Advertisement