आज ५५० जना प्रदेश सांसदको शपथ, सबै प्रदेशसभा सदस्य अस्थायी मुकाम पुगे

Advertisement

काठमाडौं: आइतबार सात वटै प्रदेशका प्रदेश सांसदले सपथ लिदैछन् । उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार पद तथा गोपनीयताको शपथ लिएपछि सवै प्रदेशका प्रमुख सरकारले तोकेको प्रदेशको अस्थायी मुकाम गएका थिए ।

आज सात वटै प्रदेशमा प्रदेश प्रमुखले पहिला जेष्ठ सदस्यलाई शपथ खुवाउनेछन् भने जेष्ठ सदस्यले अन्य सदस्यहरुलाई शसपथ खुवाउनेछन् ।
प्रदेशसभा सदस्यको शपथका लागि आवश्यक तयारी पुरा भैसकेको छ ।

सरकारले १ नम्वर प्रदेशका विराटनगर, २ को जनकपुर, ३ को हेटौडा, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ कोे धनगढीलाई प्रदेशको अस्थायी मुकाम तोकेको थियो ।

त्यसैदिन सरकारले सातवटै प्रदेशका प्रमुख पनि नियुत्त गरेको थियो ।

Advertisement

Advertisement

Advertisement